राजनीति
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
मङ्गलबार, ०३ असार २०८२, २२ : ०१
२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । मंगलबार पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । उनीहरूबिच करिब एक घण्टा भेटवार्ता भएको बुझिएको छ ।
भेटमा पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाकाबिच ओलीसँग भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण