शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० क्रिकेटको जन्म सन् २००२ मा भएको थियो जब इंग्ल्याण्डले यो नयाँ प्रारूपलाई सुरु गर्ने निर्णय गर्‍यो । सुरुवातमा टी–२० क्रिकेटको लोकप्रिय भए पनि ‘थ्री लायन्स’ लाई आफ्नो स्थान जमाउन र बलियो टोलीको रूपमा स्थापित हुन केही वर्ष लाग्यो ।  

इंग्ल्याण्ड दुई पटक टी–२० विश्वकप जित्ने दुई टोलीमध्ये एक हो, अर्को टोली वेस्ट इन्डिजले पनि दुई पटक जितेको छ । इंग्ल्याण्ड २०२६ संस्करणमा आफ्नो उपाधि रक्षा गर्ने टोलीको रूपमा प्रवेश गर्दैछ । 

यहाँ इंग्ल्याण्डको प्रत्येक टी–२० विश्वकपको यात्रा संक्षेपमा प्रस्तुत गरिएको छ :

  • टी–२० विश्वकप २००७, दक्षिण अफ्रिका

इंग्ल्याण्डले दक्षिण अफ्रिकामा भएको पहिलो टी–२० विश्वकपमा प्रवेश गर्‍यो र अस्ट्रेलिया तथा जिम्बाब्वेको समूहमा परेको थियो । इंग्ल्याण्डले समूह चरणको पहिलो खेल जिम्बाब्वेविरुद्ध जित दर्ता गरेपनि दोस्रो खेलमा अस्ट्रेलियासँग पराजित हुन पुग्यो । रनरेटको आधारमा सुपर ८ चरणमा पुगे पनि त्यस चरणमा सबै खेल हार्दै तालिकाको अन्तिम स्थानमा रह्यो । यसै प्रतियोगितामा स्टुअर्ट ब्रडलाई भारतका युवराज सिंहले एक ओभरमा ६ छक्का हानेका थिए । केभिन पिटरसन ५ खेलमा १७८ रनसहित इंग्ल्याण्डका उत्कृष्ट ब्याट्सम्यान बने भने एन्ड्रू फ्लिन्टफको ५ विकेट टोलीका लागि सर्वोत्कृष्ट बलिङ प्रदर्शन थियो ।

२००९, इंग्ल्याण्डः 

घरेलु मैदानमा आयोजना भएको विश्वकपमा इंग्ल्याण्डको प्रदर्शन कमजोर रह्यो । नेदरल्याण्ड्ससँगको अप्रत्याशित हारबाट प्रतियोगिता सुरु गरेको इंग्ल्याण्ड सुपर ८ बाटै बाहिरियो ।

२०१०, वेस्ट इन्डिज (च्याम्पियन) 

यो संस्करण इंग्ल्याण्डका लागि ऐतिहासिक रह्यो । पाउल कलिङउडको कप्तानीमा इंग्ल्याण्डले आफ्नो पहिलो आईसीसी उपाधि जित्यो । फाइनलमा चिरप्रतिद्वन्द्वी अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै इंग्ल्याण्ड च्याम्पियन बन्यो ।

२०१२, श्रीलंकाः 

यो पटक उपाधि रक्षा गर्न मैदानमा उत्रिएको इंग्ल्याण्ड सुपर ८ चरणबाटै बाहिरिन पुग्यो । सेमिफाइनल पुग्न श्रीलंकालाई हराउनै पर्ने खेलमा पराजित भएपछि उसको यात्रा टुंगियो । 

२०१४, बंगलादेशः

इंग्ल्याण्डका लागि यो निकै निराशाजनक विश्वकप रह्यो । खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको इंग्ल्याण्ड समूह चरणबाटै बाहिरियो । नेदरल्याण्ड्ससँग दोस्रो पटक पराजित हुनु उसको लागि सबैभन्दा खराब क्षण थियो । 

२०१६, भारत (उपविजेता) 

फाइनलसम्मको उत्कृष्ट यात्रा गरे पनि इंग्ल्याण्ड उपाधिबाट चुक्यो ।  फाइनलको अन्तिम ओभरमा वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गरेपछि इंग्ल्याण्ड उपविजेतामा सीमित भयो ।

२०२१, यूएईः

बलियो प्रदर्शनका साथ सेमिफाइनलसम्म पुगेको इंग्ल्याण्डलाई न्यूजिल्याण्डले पराजित गर्‍यो । उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी भएको इंग्ल्याण्ड अन्तिम चारबाटै बाहिरियो ।

२०२२, अस्ट्रेलिया (च्याम्पियन) 

जोस बटलरको कप्तानीमा इंग्ल्याण्डले शानदार प्रदर्शन गर्दै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्यो। सेमिफाइनलमा भारतलाई १० विकेटको फराकिलो अन्तरले हराएको इंग्ल्याण्डले फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्‍यो। बेन स्टोक्सले अविजित ५२ रनको महत्त्वपूर्ण पारी खेले। यस जितसँगै इंग्ल्याण्ड एकै पटक एकदिवसीय र टी–२० विश्वकपको उपाधि जित्ने पहिलो टोली बन्यो ।

२०२४ अमेरिका–वेस्ट इन्डिजः 

डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको टी–२० विश्वकप २०२४ को यात्रा सेमिफाइनलमै रोकिन पुगेको थियो । भारतले इंग्ल्याण्डलाई ६८ रनले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

इंग्ल्याण्डले समूह चरणमा ओमान र नामिबियालाई पराजित गर्दै राम्रो सुरुवात गरेको थियो । ओमानसँगको खेलमा इंग्ल्याण्डले ३.१ ओभरमै ८ विकेटले जित हासिल गरेको थियो भने नामिबियासँग ४१ रनको फराकिलो जीत दर्ता गरेको थियो । तर समूह चरणमै अस्ट्रेलियासँग ३६ रनले हार व्यहोर्नुपर्‍यो ।

खेल तालिका

इंग्ल्याण्ड इंग्ल्याण्ड
VS
स्कटल्याण्ड स्कटल्याण्ड
९०/० (१० overs)
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
खेलमा कुनै नतिजा आएन
अस्ट्रेलिया अस्ट्रेलिया
२०१/७ (२० overs)
win
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
१६५/६ (२० overs)
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
अस्ट्रेलिया ३६ रनले विजयी
इंग्ल्याण्ड इंग्ल्याण्ड
५०/२ (३.१ overs)
win
VS
ओमान ओमान
४७/१० (१३.२ overs)
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
इंग्ल्याण्ड ८ विकेटले विजयी
नामिबिया नामिबिया
८४/३ (१० overs)
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
१२२/५ (१० overs)
win
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
इंग्ल्याण्ड ४१ रनले विजयी (डीएलएस)
इंग्ल्याण्ड इंग्ल्याण्ड
१८१/२ (१७.३ overs)
win
VS
वेस्ट इन्डिज वेस्ट इन्डिज
१८०/४ (२० overs)
ड्यारेन सामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
इंग्ल्याण्ड ८ विकेटले विजयी
इंग्ल्याण्ड इंग्ल्याण्ड
१५६/६ (२० overs)
VS
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
१६३/६ (२० overs)
win
ड्यारेन सामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
दक्षिण अफ्रिका ७ रनले विजयी
अमेरिका अमेरिका
११५/१० (१८.५ overs)
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
११७/० (९.४ overs)
win
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
इंग्ल्याण्ड १० विकेटले विजयी
भारत भारत
१७१/७ (२० overs)
win
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
१०३/१० (१६.४ overs)
प्रोभिडेन्स स्टेडियम, गुयना
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
भारत ६८ रनले विजयी