बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईसीसी च्याम्पियन्स ट्रफीमा बंगलादेश

आईसीसी च्याम्पियन्स ट्रफीमा बंगलादेशको यो छैटौँ सहभागिता हो । बंगलादेशले सबैभन्दा पहिले सन् २००० मा आयोजित दोस्रो संस्करणमा सहभागिता जनाएको थियो । सन् १९९८ मा च्याम्पियन्स ट्रफीको पहिलो संस्करणको आयोजना पनि बंगलादेशले नै गरेको थियो । 

रमाइलो कुरा के हो भने, पहिलो संस्करणमा आफै आयोजक भएर पनि बंगलादेशले सहभागिता भने जनाउन पाएको थियो । सन् २००० मा पहिलोपटक सहभागिता जनाउँदा बंगलादेश प्रि–क्वार्टरफाइनल चरणबाटै बाहिरिएको थियो ।

उक्त संस्करणमा बंगलादेश प्रि–क्वार्टरफाइनल चरणमा इङ्ल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । सन् २००२ मा आयोजित तेस्रो संस्करणमा पनि बंगलादेशी टोली च्याम्पियन्स ट्रफीमा सहभागी थियो । तर, दुबै खेलमा पराजित हुँदै समूहगत चरणबाटै बाहिरिएको थियो ।

यसैगरी, सन् २००४ मा आयोजित चौथो संस्करण पनि बंगलादेशले खेलेको थियो । उक्त संस्करणमा पनि दुबै खेलमा पराजित हुँदै बंगलादेश समूहगत चरणबाटै बाहिरिएको थियो । तेस्रो सहभागितासम्म बंगलादेशले च्याम्पियन्स ट्रफीमा एक खेल पनि जित्न सकेको थिएन ।

यसैगरी, सन् २००६ मा आयोजित पाँचौँ संस्करण पनि बंगलादेशले खेलेको थियो । उक्त संस्करणमा पनि बंलादेश प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । तर, यो संस्करणमा बंगलादेशले आफूले खेलेको तीनमध्ये एक खेलमा जित हात पारेको थियो ।

च्याम्पियन्स ट्रफीको इतिहासमा बंगलादेशको यो नै पहिलो जित थियो । उक्त खेलमा बंगलादेशले जिम्बाबेलाई एक सय एक रनको फराकिलो अन्तरले हराएको थियो । त्यतिबेला हबिबुल बसार बंगलादेशका कप्तान थिए । 

सन् २००९ मा आयोजित छैटौँ र सन् २०१३ मा आयोजित सातौँ संस्करणमा भने बंगलादेश छनोट भएन । त्यसपछि सन् २०१७ मा आयोजित आठौँ संस्करणमार्फत बंगलादेश पुनः च्याम्पियन्स ट्रफीमा फर्किएको थियो । 

आठौँ संस्करणमा बंगलादेशी टोली समूहगत चरण पार गर्दै सेमिफाइनलसम्म पुगेको थियो । समूहगत चरणमा तीन अंकसहित बंगलादेश दोस्रो भएको थियो । सेमिफाइनलमा भने बंगलादेशी टोली भारतसँग नौ विकेटले पराजित भएको थियो । 

त्यतिबेला मसरफे मोर्तजा बंगलादेशी टोलीका कप्तान थिए । तामिम इक्वाल, सौम्य सरकार, मुसफिकर रहिम, सकिब अल हसन, महमुदुल्लाह, तास्किन अहमदलगायतका खेलाडी बंगलादेशी टोलीमा थिए । च्याम्पियन्स ट्रफीको इतिहासमा बंगलादेशको यो नै सबैभन्दा ठुलो उपलब्धि हो । 

० बंगलादेशको सहभागिता : सन् २०००, सन् २००२, सन् २००४, सन् २००६, सन् २०१७, र सन् २०२५ ।

० सबैभन्दा ठुलो उपलब्धि : सन् २०१७ मा सेमिफाइनल प्रवेश । 

टी-२० विश्वकप

आईसीसी टी–२० विश्वकपमा बंगलादेशले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । तर, बंगलादेशले हालसम्म टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन । बंगलादेश ‘सुपर–८’ चरणभन्दा अगाडि बढ्न सकेको छैन ।

बंगलादेशी टोली सन् २००७ मा सम्पन्न पहिलो संस्करणमा ‘सुपर–८’ चरणसम्म पुगेको थियो । त्यो संस्करणमा बंगलादेश ‘सुपर–८’ चरणको समूह ‘दुई’ मा परेको थियो । उक्त समूहबाट दुईवटा टोली अगाडि बढ्ने प्रावधान थियो । तर, ‘सुपर–८’ चरणमा बंगलादेशले तीनवटै खेलमा पराजय भोग्यो । 

टी–२० विश्वकपमा बंगलादेशले हालसम्म कुल ३८ खेल खेलेको छ । त्यसमध्ये बंगलादेश केवल नौ खेलमा विजयी भएको छ । २८ खेलमा भने बंगलादेश टोली पराजित भएको छ । बंगलादेशको बाँकी एक खेल अनिर्णीत रूपमा सकिएको छ । 

टी–२० विश्वकप सहभागिता : पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

बंगलादेको टोली : नजमुल हुसैन शान्तो (कप्तान), तस्किन अहमद, लिटन दास, सौम्य सरकार, तंजिद हसन तामिम, शकिब अल हसन,  तौहिद हृदोय, महमुदुल्लाह रियाद, जेकर अली अनिक, तनवीर इस्लाम, शक मेहदी हसन, रिशाद हुसैन, मुस्तफिजुर रहमान, शोरफुल इस्लाम र तंजिम हसन सकिब । 

खेल तालिका

श्रीलंका श्रीलंका
१२४/९ (२० overs)
VS
बंगलादेश बंगलादेश
१२५/८ (१९ overs)
win
ग्रान्ड प्रेरी स्टेडियम, टेक्सास
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
बंगलादेश २ विकेटले विजयी
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
११३/६ (२० overs)
win
VS
बंगलादेश बंगलादेश
१०९/७ (२० overs)
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
दक्षिण अफ्रिका ४ रनले विजयी
बंगलादेश बंगलादेश
१५९/५ (२० overs)
win
VS
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
१३४/८ (२० overs)
अर्नोस भेल स्टेडियम, सेन्ट भिनसेन्ट
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
बंगलादेश २५ रनले विजयी
बंगलादेश बंगलादेश
१०६/१० (१९.३ overs)
win
VS
नेपाल नेपाल
८५/१० (१९.२ overs)
अर्नोस भेल स्टेडियम, सेन्ट भिनसेन्ट
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
बंगलादेश २१ रनले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
१००/२ (११.२ overs)
win
VS
बंगलादेश बंगलादेश
१४०/८ (२० overs)
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
अस्ट्रेलिया २८ रनले विजयी (डीएलएस)
भारत भारत
१९६/५ (२० overs)
win
VS
बंगलादेश बंगलादेश
१४६/८ (२० overs)
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
भारत ५० रनले विजयी
अफगानिस्तान अफगानिस्तान
११५/५ (२० overs)
win
VS
बंगलादेश बंगलादेश
१०५/१० (१७.५ overs)
अर्नोस भेल स्टेडियम, सेन्ट भिनसेन्ट
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
अफगानिस्तान ८ रनले विजयी (DLS मेथड)