अस्ट्रेलिया क्रिकेट इतिहासको सबैभन्दा सफल टोली हो । पुरुष सिनियर टोलीले अहिलेसम्म कुल १० वटा आईसीसी उपाधि जितेको छ, जुन कुनै पनि राष्ट्रका लागि सर्वाधिक हो । राम्रो कप्तान र खेलाडीहरूको खानी मानिने ‘मेन इन यलो’ जुनसुकै फम्र्याट र प्रतियोगितामा पनि उपाधिको प्रमुख दाबेदार हुने गर्छ ।
यद्यपि अस्ट्रेलियालाई टी–२० विश्वकपको ट्रफी थप्न १५ वर्ष लाग्यो । सन् २०२१ मा दुबईमा भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक यो उपाधि चुमेको थियो ।
अस्ट्रेलियाको टी–२० विश्वकप यात्राको नालीबेली
पहिलो टी–२० विश्वकपमा अस्ट्रेलियाको सुरुवात बिर्सनलायक रह्यो । जिम्बावेसँग ५ विकेटले पराजित भए पनि एडम गिलक्रिस्टको नेतृत्वमा टोली सेमिफाइनलसम्म पुग्न सफल भयो, तर सेमिफाइनलमा भारतसँग १५ रनले पराजित भएपछि अस्ट्रेलिया बाहिरियो । म्याथ्यु हेडन (२६५ रन) प्रतियोगिताकै सर्वाधिक रनकर्ता बनेका थिए ।
इंग्ल्यान्डमा भएको दोस्रो संस्करण अस्ट्रेलियाका लागि निकै खराब रह्यो । रिकी पोन्टिङको कप्तानीमा रहेको टोली वेस्ट इन्डिज र श्रीलंकासँग लगातार पराजित भएपछि प्रतियोगिताबाट चाँडै बाहिरियो । डेभिड वार्नरले सर्वाधिक ६३ रन बनाएका थिए ।
२००९ को असफलतापछि माइकल क्लार्कको नेतृत्वमा अस्ट्रेलिया बलियो पुनरागमन गर्दै पहिलो पटक फाइनलमा पुग्यो, तर फाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित हुँदा उपाधि जित्ने सपना अधुरै रह्यो । माइक हसी (१८८ रन) र डर्क नेन्स (१४ विकेट) ले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
जर्ज बेलीको कप्तानीमा रहेको अस्ट्रेलियाले सेमिफाइनलसम्मको यात्रा तय गर्यो, तर सेमिफाइनलमा वेस्ट इन्डिजसँग ७४ रनको फराकिलो अन्तरले पराजित भयो । उपाधि नजिते पनि शेन वाटसन प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ चुनिए, उनले सर्वाधिक २४९ रन बनाउनुका साथै ११ विकेट पनि लिएका थिए ।
सन् २०१४ को विश्वकपमा अस्ट्रेलियाले मात्र एक खेल (बंगलादेश विरुद्ध) जित्न सक्यो र नकआउट चरणमा पुग्न असफल भयो । सन् २०१६ मा भारतमा भएको विश्वकपमा पनि स्टिभ स्मिथको टोली सेमिफाइनल पुग्न सकेन । भारतसँगको ६ विकेटको हार अस्ट्रेलियाका लागि निर्णायक बन्यो ।
लामो प्रतीक्षापछि हारून फिन्चको कप्तानीमा अस्ट्रेलियाले पहिलो पटक टी–२० विश्वकपको उपाधि उचाल्यो । फाइनलमा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । मिचेल मार्स (७७ रन) फाइनलको ‘प्लेयर अफ द म्याच’ र डेभिड वार्नर ‘प्लेयर अफ द सिरिज’ घोषित भए । एडम जाम्पाले १३ विकेट लिँदै टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले ।
आफ्नै देशमा भएको आठौँ संस्करणमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया सेमिफाइनल पुग्नै असफल भयो । न्युजिल्यान्डसँगको ८९ रनको लज्जास्पद हार र वर्षाका कारण एक खेल रद्द हुनु अस्ट्रेलियाका लागि घातक बन्यो । नेट रन रेटमा पछि पर्दा अस्ट्रेलिया समूह चरणबाटै बाहिरिन पुग्यो ।
वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप २०२४ मा अस्ट्रेलियाको यात्रा सुपर ८ चरणमा नै टुंगियो । यस विश्वकपको उपाधि भने भारतले फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै आफ्नो नाममा पारेको छ ।
प्रतियोगितामा अस्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको थियो । समूह ‘बी’ मा ओमान, इंग्ल्यान्ड, नामिबिया र स्कटल्यान्डविरुद्ध सबै खेलहरूमा प्रभावशाली जित दर्ता गर्दै सुपर ८ मा स्थान बनाएको थियो ।
तर दोस्रो चरण अर्थात् सुपर ८ मा उसको प्रदर्शन मिश्रित रह्यो । बंगलादेशविरुद्ध डीएलएस पद्धतिमा जित हासिल गरे पनि भारतसँग पराजित हुँदै अस्ट्रेलिया सेमिफाइनलको दौडबाट बाहिरियो ।
अस्ट्रेलियाको टोली
मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, टिम डेभिड, बेन द्वारशुइस, क्यामरून ग्रीन, नाथन एलिस, जोश हेजलवुड, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यू कुह्नेमन, ग्लेन म्याक्सवेल, म्याथ्यू रेनशा, मार्कस स्टोइनिस, एडम जाम्पा
अस्ट्रेलिया
ओमान
अस्ट्रेलिया
इंग्ल्याण्ड
अस्ट्रेलिया
नामिबिया
अस्ट्रेलिया
स्कटल्याण्ड
अस्ट्रेलिया
बंगलादेश
अफगानिस्तान
अस्ट्रेलिया
अस्ट्रेलिया
भारत