शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबियाको यो तेस्रो सहभागिता हो । यसअघि नामिबियाले दुई पटक टी–२० विश्वकप खेलेको छ । नामिबियाले सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको थियो ।

टी–२० विश्वकपमा नामिबियाको उत्कृष्ट प्रदर्शन ‘सुपर–१२’ चरण हो । नामिबिया आफ्नो पहिलो सहभागितामै विश्वकपको ‘सुपर–१२’ चरणमा पुगेको थियो । त्यतिबेला नामिबिया प्रारम्भिक चरणमा दोस्रो हुँदै समूह ‘ए’ बाट ‘सुपर–१२’ चरणमा पुगेको थियो ।

‘सुपर–१२’ चरणमा भने नामिबिया समूह ‘दुई’ मा परेको थियो । त्यो समूहमा पाकिस्तान, न्युजिल्यान्ड, भारत, अफगानिस्तान र स्कटल्यान्ड पनि थिए । ‘सुपर–१२’ चरण नामिबियाले एक खेलमात्र जित्न सकेको थियो । त्यो समूहबाट पाकिस्तान र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका थिए । 

नामिबियाले सन् २०२२ मा पनि टी–२० विश्वकप खेलेको थियो । विश्वकपको उक्त संस्करणमा नामिबिया समूहगत चरणबाटै बाहिरिएको थियो । यसपटक भने नामिबिया अफ्रिका महादेशबाट छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो । 

टी–२० विश्वकपमा नामिबियाले हालसम्म कुल ११ खेल खेलेको छ । त्यसमध्ये नामिबिया चार खेलमा विजयी भएको छ । सात खेलमा भने नामिबियाले पराजयको सामना गर्नु परेको छ । 

टी–२० विश्वकप सहभागिता : सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

नामिबियाको टोली : जेरहार्ड एरासमस (कप्तान), जेन ग्रिन, माइकल भान लिनगेन, डायलन लिचेर, रुबेन ट्रम्पलम्यान, ज्याक ब्रासेल, बेन सिकोन्गो, तानगेनी लुंगामेनी, निको डोभिन, जेजे स्मिथ, जन फ्राइलिंक, जेपी कोट्जी, डेभिड विस, बेनार्ड स्कोल्ज, मलान क्रुगर र पीडी ब्लीगनट ।

नवौँ विश्वकपमा नामिबिया : समूह ‘बी’ नामिबिया, इङ्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान ।

जुन २ : नामिबियाविरुद्ध ओमान

जुन ६ : नामिबियाविरुद्ध स्कटल्यान्ड

जुन ११ : नामिबियाविरुद्ध अस्ट्रेलिया

जुन १५ : नामिबियाविरुद्ध इङ्ल्यान्ड 

खेल तालिका

नामिबिया नामिबिया
१०९/६ (२० overs)
win
VS
ओमान ओमान
१०९/१० (१९.४ overs)
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
नामिबिया सुपर ओभरमा विजयी
नामिबिया नामिबिया
१५५/९ (२० overs)
VS
स्कटल्याण्ड स्कटल्याण्ड
१५७/५ (१८.३ overs)
win
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
स्कटल्याण्ड ५ विकेटले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
७४/१ (५.४ overs)
win
VS
नामिबिया नामिबिया
७२/१० (१७ overs)
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
अस्ट्रेलिया ९ विकेटले विजयी
नामिबिया नामिबिया
८४/३ (१० overs)
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
१२२/५ (१० overs)
win
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
आईसीसी पुरुष टी-२० विश्वकप २०२४
इंग्ल्याण्ड ४१ रनले विजयी (डीएलएस)