चर्चामा सुरेनको रेसमी पर्दा
काठमाडौं – गायक सुरेन गौतमको रिमेक गीत ‘रेसमी पर्दाले छेकेन...’को अहिले चर्चामा छ । केही पहिले सार्वजनिक गीत स्रोता तथा दर्शकले रुचाएका छन् ।
सुनिल चित्रकारको सङ्कलनमा सुनिल तथा चेतमान गुरुङको खास स्वर रहेको ‘गीत रेसमी पर्दा..’मा सुरनेको स्वर ‘मेलोडियस’ सुनिएको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । भिडियोमा भिमफेदी गाइज र सोनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियो रायन कार्कीले निर्देशन गरेका हुन् ।
सुरेनले पनि भिडियोमा राम्रो अभिनय गरेका छन् । जिउडाल हेदा नायक झै लाग्ने सुरेन अध्ययन र पेशाका हिसावले कृषि विशेषज्ञ हुन् । तर पनि रुचिले उनी गीत संगीतमा धेरै पहिले देखि क्रियासिल छन् ।
सानैदेखिको रुचिका कारण गीत संगीत माया मार्न नसकेको सुरेनले बताए । ‘रामपुर कलेजको स्टेजबाट मेरो गायनले फुल्ने मौका पाएको हो ’सुरले भने ‘ कलेजको कार्यक्रममा साथीभाइले गीत रेकर्ड गर्न उक्साए । त्यसपछि परिवारलाई थाहै नदिइ काठमाडौँ आएर पहिलो गीत रेकर्ड गरे ।’ आफुले रेकर्ड गरेको गीत पहिलो पटक पाल्पा एफएम रेडियोले बजाएको सुरेनले सुनाए ।
गीत लेखन, कम्पोज र गायनमा समेत सक्रिय सुरेनले जर्मनबाट कृषिमा स्नातकोत्तर गरेका छन् । आफ्नो कामबाट फुर्सद भयो कि गीत संगष्ीतमा आफु क्रियासिल हुने उनले बताए । केही गीत बजारमा ल्याएका र केही ल्याउने तयारी गरेका सुरेनले सबै आफ्नो सबै गीत एउटै एल्बममा राख्ने तयारी पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण