यू–१६ टोली जोर्डन जाँदै
काठमाडौं– जोर्डनमा भदौ २८ गतेदेखि सुरु हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबलमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली टोलीको विदाई गरेको हो ।
टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले हालै भारतका सम्पन्न यू–१५ साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीका अधिकांश खेलाडीलाई समेटेर नयाँ टोली बनाएका छन् । छनोट च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजा जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलंका रहेको छ । नेपालले भदौ २८ गते जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपालले दोस्रो खेल ३० गते कुवेतसँग, तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । समूहको शीर्ष टोलीले दोस्रो चरणको छनोट खेलमा स्थान बनाउनेछ । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत विदाई गरे । नेपाली टोली बिहिबार जोर्डन प्रस्थान गर्नेछ ।
नेपाली टोलीका खेलाडी
गोलरक्षक : मनोज दहाल, जेनियस केसी र पथ्थुहाङ नेम्वाङ
रक्षक : अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र आमीर हमिद
मिडफिल्डरः नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मे जय धामी, विपिन तुम्सिङ मगर, महित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री
स्ट्राइकर : शशांक बोहरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा र दिपेश राई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण