इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको कोष
काठमाडौं– काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालनका लागि पाँच करोडको कोष स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालनका लागि सो कोषको स्थापना गरिएको घोषणा गरेका हुन् ।
कोषमा संघीय सरकारले १ करोड ५० लाख, प्रदेश ३ को सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रकम योगदान गरेका हुन् । तीनवटै तहको साझेदारीमा सो पर्वको संरक्षण तथा सञ्चालनका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष’ स्थापना गरिएको मन्त्री भट्टराईले जानकारी दिए । काठमाडौं उपत्यकाकै विशेष महत्व बोकेको यो पर्वलाई संरक्षण गर्न गत भाद्र २२ गते बसेको मन्त्रिपरिषद बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको सबै सांस्कृतिक पर्वहरुको संरक्षणका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए । सो कोष काठमाडौं महानगरपालिकाका प्रमुखको नेतृत्वमा सञ्चालन हुने कार्य योजना पनि तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण