बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता

बुधबार, ०६ साउन २०८३, ०७ : ३१
बुधबार, ०६ साउन २०८३

सारांश

  • दोलखाको गौरीशंकर गाउँपालिका-९ मा पहिरोले बाख्राको गोठ बगाउँदा ७३ वर्षीय तस्मान तामाङ बेपत्ता भएका छन्।
  • सिनर्जी हाइड्रो पावरको ड्याम नजिकै बिहान २:३० बजे पहिरो गएको थियो।
  • बेपत्ता तामाङको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

काठमाडौँ । दोलखामा पहिरोमा परि एक व्यक्ति बेपत्ता भएका छन् । आज बिहान २ः३० बजे  गौरीशङ्कर गाउँ पालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाईड्रो पावर) को ड्याम नजिकै पहिरोले बाख्राको गोठ बगाउँदा गोठमा रहेका सोही ठाउँ  बस्ने ७३ वर्षका तसमान तामाङ बेपत्ता भएका हुन् ।     

पहिरोका कारण ड्यामका कर्मचारी बस्ने घरमा समेत पूर्ण रूपमा क्षति पुगेको छ । 

उद्धार र बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल  बिपद् मनसुन प्रतिकार्य बेश सिंगटीबाट बिपद् व्यवस्थापन तालिम प्राप्त सहितको सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप