साँखु प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ
काठमाडौं । साँखु प्रहरीले घुस दिन खोज्ने चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँखु–रत्नपार्क चल्ने बसका चालक सुकुराम तामाङ रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले साँखु नगरपालिका–६ स्थित सडकमा २७ गते राती १० बजे चेकिङ गरिरहेको अवस्थामा मापसे गरेर बस चलाएका तामाङले प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोजेका थिए ।
मापसे सेवन गरेर अनियन्त्रित रुपमा बा४ख ७२३६ नम्बरको बस चलाएका तामाङले आफूलाई छाडिदिन भन्दै चेकिङमा खटिएका प्रहरीलाई ५०० रुपैयाँ घुस रकम दिन खोजको प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले रातोपाटीलाई जानकारी दिए ।
सार्वजनिक यातायातमा मादक पदार्थ सेवन गरेर बस चलाउने र प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने जो कोहीलाई पनि नछाड्ने इन्सपेक्टरको पन्थीको भनाइ छ ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण