रुपन्देहीमा मोटरसाइल चोरी गर्ने पठान प्रकाउ
बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका –९ का २५ बर्षीय सबिर पठान रहेका छन् ।
भदौ २५ गते दिउँसो करिव ३ देखि ४ बजेको समयमा सिद्धार्थनगर नगरपालिका– १२ प्रहरी टोलमा रहेको प्राइम लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि पार्किङ्ग गरिराखेको लु३६प ४१६८ नम्बरको स्पेलन्डर मोटरसाइकल चोरी गरेको आरोपमा पठानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल सिद्धार्थनगर नगरपालिका–९ गोलीगढ बस्ने पठानको घरबाट बरामद गरेको रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
चोरी भएको उक्त मोटरसाइकलसहित चोरीमा संलग्न पठानलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण