ह्याम्स अस्पतालको एक दिने तालिम सम्पन्न
काठमाडौँ । ह्याम्स हस्पिटलले राजधानी बाहिर पोखरामा पहिलोपटक गम्भीर प्रकृतिका रोग लागेपछि अपनाइने सघन उपचार पद्धति, पक्षघातलगायतका विविध विधामा स्थानीय चिकित्सक र नर्सहरुलाई सि.एम.ई. तालिम सम्पन्न गरेको छ ।
एक दिने कार्यक्रममा कार्यक्रममा वरिष्ठ चिकित्सक अनुपराज सुवेदीले रोगका किटाणु ,मानव शरीरमा हुने बिभिन्न प्रकारका किटाणुहरु र मानव स्वास्थ्यको सम्वन्धका बारेमा अनुसन्धानमुलक जानकारी गराएका थिए ।
साथै डा.मनोज बोहोराले पक्षघात हुँदा अहिलेको मेडिकल साईन्स अनुसार अपनाउनु पर्ने विविध प्रकृयाको बारेमा विशेष जानकारी गराएका थिए । हस्पिटलका अर्का वरिष्ठ चिकित्सक विराज पराजुलीले बालबालिकामा हुने डेङ्गी रोग र गम्भिर प्रकृतिको रोग लागे पछि गर्नु पर्ने सघन उपचार पद्धतिको बारेमा जानकारी गराएका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. बुद्धि बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न तालिममा ह्याम्स हस्पीटलका प्रो.डा.भगवान कोइराला, प्रो.डा.अर्जुन कार्की, अस्पतालका अध्यक्ष राम शरण भण्डारी, मेडिकल डाइरेक्टर डा.भास्कर राजपन्त लगायतका वरिष्ठ चिकित्सकहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
-
क्यानडालाई झट्का, स्टार मिडफिल्डर विश्वकपबाट बाहिरिए
-
बालकुमारीमा खैरो हेरोइन काराेबारीमाथि गोली प्रहार
-
भरतपुरमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण