ह्याम्स अस्पतालको एक दिने तालिम सम्पन्न
काठमाडौँ । ह्याम्स हस्पिटलले राजधानी बाहिर पोखरामा पहिलोपटक गम्भीर प्रकृतिका रोग लागेपछि अपनाइने सघन उपचार पद्धति, पक्षघातलगायतका विविध विधामा स्थानीय चिकित्सक र नर्सहरुलाई सि.एम.ई. तालिम सम्पन्न गरेको छ ।
एक दिने कार्यक्रममा कार्यक्रममा वरिष्ठ चिकित्सक अनुपराज सुवेदीले रोगका किटाणु ,मानव शरीरमा हुने बिभिन्न प्रकारका किटाणुहरु र मानव स्वास्थ्यको सम्वन्धका बारेमा अनुसन्धानमुलक जानकारी गराएका थिए ।
साथै डा.मनोज बोहोराले पक्षघात हुँदा अहिलेको मेडिकल साईन्स अनुसार अपनाउनु पर्ने विविध प्रकृयाको बारेमा विशेष जानकारी गराएका थिए । हस्पिटलका अर्का वरिष्ठ चिकित्सक विराज पराजुलीले बालबालिकामा हुने डेङ्गी रोग र गम्भिर प्रकृतिको रोग लागे पछि गर्नु पर्ने सघन उपचार पद्धतिको बारेमा जानकारी गराएका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. बुद्धि बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न तालिममा ह्याम्स हस्पीटलका प्रो.डा.भगवान कोइराला, प्रो.डा.अर्जुन कार्की, अस्पतालका अध्यक्ष राम शरण भण्डारी, मेडिकल डाइरेक्टर डा.भास्कर राजपन्त लगायतका वरिष्ठ चिकित्सकहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण
-
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
-
मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने
-
उपल्लो दरवाङको सडक अठार वर्षपछि कालोपत्र
-
केयूको आयोजनामा साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै
-
बागमती प्रदेशको बजेट आकार घट्ने