रामारोशन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहारको प्रयास
आइतबार, २९ भदौ २०७६, २२ : ०१

अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ ।
दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् ।
उनी गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए ।
अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
उक्त समयमा शान्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायासमेत अध्यक्ष साउदसँगै रहेका थिए ।
‘हामीले हतियार खोस्न खोज्दा दुवै जना भागे’, अध्यक्ष साउदले भने । प्रहरी नायब उपरीक्षक शाहीले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र अध्यक्ष साउद सकुशल रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान
-
क्यानभासमा तान्त्रिक मिलारेपाको कथा