चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तय
सोमबार, ३० भदौ २०७६, २१ : २६
काठमाडौं – चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको छ।
संस्थानको आज बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए ।
सर्वोच्च अदालतले सो मितिमा ती तहका परीक्षा रोक्न संस्थानलाई आदेश गरेपछि स्थगित गरेर पुनः गर्न अर्को मिति निर्धारण गरिएको हो । ती तहका नयाँ शैक्षिक कार्यक्रमअन्तर्गत एमबिबिएसमा मात्र करीब १८ हजार छात्रछात्राले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए ।
हाल त्रिविवि, काठमाडौंँ विश्वविद्यालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतका २२ कलेजमा एमबिबिएसको अध्ययन हुनेगर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण