पोखरामा बन्दै साराको गुञ्जन
काठमाडौं– अभिनेत्री सारा सिर्पालीको मुख्य भूमिका रहेको फिल्म ‘गुञ्जन’ यतिबेला पोखराको आसपासका स्थानमा छायाँकन भइरहेको छ । केही समयको अन्तरालपछि साराले नयाँ फिल्म अभिनय थालेकी हुन् ।
निखिल उप्रेती अभिनित फिल्म ‘रुद्र’ बाट अभिनयमा डेब्यु गरेकी सारालाई डेब्यु समय निकै सम्भावना बोकेका अभिनेत्रीको रुपमा पनि हेरियो । ‘रुद्र पछि उनले अभिनय गरेको फिल्म ‘सुश्री सम्पति’ले पनि खासै दर्शक पाउन सकेन । त्यसपछि राम्रो फिल्ममात्र अभिनय गर्ने भन्दै आएका अफर छोड्दै गइन् ।
‘गुञ्जन’ को भने बिषयबस्तु मन परेकोले अभिनय गर्न थालेको बताइन् । ‘गुञ्जनले मेरो अपेक्षा पुरा गर्ने छ’ उनले भनिन् । हुन त केही दिनयता देशभरी नै बर्षा भइरहेको छ । पानीका कारण केही फिल्मको सुटिङ रोकिएका छन् । तर ‘गुञ्जन’को छायाँकनमा भने पानीले केही असर गरेको छैन ।

इन्टोडर सुटिङ सेडुल भएको कारण मौसमले छायाँकनलाई अवरोध नगरेको निर्देशक अष्ट महर्जनले बताए । बिगत दुई दशकदेखि फिल्मको द्धन्द निर्देशन विधामा काम गर्दै आएका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
फिल्मको अहिले ३५ प्रतिसत छायाँकन सकिएको छ । करिब ९० प्रतिशत फिल्म पोखरामै खिच्ने अष्टको छ । बाँकी रहेको १० प्रतिशत काठमाडौमा खिच्ने उनले योजना सुनाए । फिल्म प्रेमकथामा बन्न लागेको हो । यो फिल्मले बिगतका फिल्मबाट आफुमा लागेको असफलताको ट्याग मेट्ने साराले बताइन् ।
फिल्ममा उनको जोडी प्रितमराज सेन्चुरी बन्दैछन् । प्रितमराज यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । प्रितमराज र साराको अलपा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकारको पनि अभिनय रहनेछ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्म ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण