कर्णालीमा विपद दुर्घटना विमा कार्यक्रमको सुरुवात
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राज्यले प्रदान गर्ने सवै सेवासुविधा सरल रुपमा प्राप्त गर्नु नागरिकको अधिकार भएको बताएका छन् । सवै कर्णालीवासीका लागि विपद दुर्घटना विमा कार्यक्रमको बुधबार शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले राज्यले दिने सबै प्रकारका सेवा–सुविधा सरल रुपमा जनतासम्म पुरयाउनु सरकारको दायित्व भएको पनि बताए ।
मुख्यमन्त्री शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठुलो संख्यामा ज्यान गुमाउनुपर्ने अवस्थालाई हेरेर सरकारले राहात स्वरुप विमा कार्यक्रम शुरु गरेको जानकारी दिए । मुख्यमन्त्री शाहीले विमा रकम हेर्दा सानो देखिए पनि यो कार्यक्रमले कर्णालीका नागरिकमा दुखको वेला सरकार आफनो साथमा रहेको अनुभूति गराउने विश्वास व्यक्त गरे ।
स्वास्थ्य विमाको प्रभावकारिताका बारेमा जनताको गुनासो आएको भन्दै मुख्यमन्त्री शाहीले जनगुनासो नआउने गरि यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न समेत आग्रह गरे । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त विपद दुर्घटना विमा कार्यक्रम आजै देखि लागू भएको छ । शुुभारम्भ कार्यक्रममै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय विमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा कार्यान्वयन गरिएको विमा कार्यक्रम अन्तरगत कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाँको निशुल्क विमा सुविधा प्राप्त गर्नेछन् । त्यसैगरि विपद दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रति घर ५ लाख रुपैयाँको विमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
विमा कार्यक्रमका लागि सरकारले चालू आवमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सामूहिक रुपमा गरिने विमाको प्रिमिएम वापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विमा कम्पनीलाई भुक्तानी गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण