युवती रुँदारुँदै युवकले नारायणी नदीमा हाम्फालेपछि....
बुटवल – नारायणी पुलबाट एक युवती हाम्फालेको ठिक तीन महिनापछि बुधाबार सोही पुलबाट एक युवक हाम्फालेर नारायणी नदीमा बेपत्ता भएका छन् । बुधबार दिउसो स्कुटी चढेर आएका भरतपुर नगरपालिका ११ निवासी २५ वर्षीय उदार पौड्याल नारायणी पुलबाट हाम्फालेर बेपत्ता भएको चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
उनी हाम्फाल्ने क्रममा एक जना युवाले तान्ने प्रयास गरेका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार उनीसँगै आएकी एक युवती पुल किनारमा डाको छाडेर रुँदै थिइन् ।
एक प्रत्यक्षदर्शी भन्छन्, ‘ती युवती ठुलो स्वरमा चिच्चाउँदै र रुँदै गरेको दृश्य निकै कारुणिक थियो । उनीहरु बिचको नाता सम्बन्ध भने के थियो थाह भएन ।’ ती युवतीसँग सोधपुछ–अनुसन्धान गरिँदै रहेको र बेपत्ता युवाको खोजी कार्य भइरहेको त्यहाँका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ले बताए ।

यी युवतीको बेपत्ता अवस्था मै काजकिरिया गरियो
सोही पुलबाट असार १ गते शुक्रबारका दिन विवाह भएको तीन महिना मै हाम्फालेर बेपत्ता भएकी चितवनको राप्ती नगरपालिका ६ , वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा हाम्फालेर बेपत्ता भएकी थिइन् ।
उनका श्रीमान २९ वर्षीय पवन सापकोटाको परिवारले उनको काजकिरिया गरिसकेका छन् । उनको माइतीघर कञ्चनपुरको महेन्द्रनगर नगरपालिका १८ खरकी हो । उनी त्यहाँको सनराइज पब्लिक हाइस्कुलमा एसईईको अध्यायन पुरा गरी नवलपरासीको देवचुली नगरपालिका ३ दलदले भाग्यपुरीस्थित मामा रेशम सापकोटाको घरमा आएर कक्षा ११ को जाँच दिइ बसेकी थिइन् । उनीहरुको तीन महिनाअघि मागी विवाह भएको थियो ।
मामा घरमा आएकी बहिनीलाई उसै दिन विहान भेटन आएका दाजु हरि बसेलसँग स्कुटीको पछाडि बसेर आएकी थिइन् । तर जाम भएर रोकेको बेला उनी एक्कासी ओर्लेर हाम्फालेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण