त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ । सिंगापुरमा यही सेप्टेम्बर २७ तारिखबाट सुरु हुने तीन देशबीचको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
सिरिजका लागि बिहीबार पारस खड्काको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम खेलाडीको सूची तयार पारका हुन् । अधिकांश पुरानै खेलाडीको वर्चस्व रहेको टोलीमा इशान पाण्डे र कुशल मल्ल दुई जना नयाँ खेलाडीले मौका पाएका छन् ।
नियमति उपकप्तान ज्ञानेन्द्र मल्ल पारिवारिक कारणले खेल्न नसक्दा टोलीको उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिईएको छ । आईसीसीले यस सिरिजका लागि भारतीय प्रशिक्षक वुरिटी भेन्कटरामलाई नेपालको बलिङ कन्सल्टेन्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । सिरिजमा नेपालसहित आयोजक सिंगापुर र जिम्बाबेले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल २८ सेप्टेम्बरमा आयोजक सिंगापुरसँग खेल्नेछ । डबल राउन्ड रोबिनको आधारमा खेलाईने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ र सिंगापुरसँग अक्टोबर २ तारिख खेल्नेछ । शीर्ष दुई टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ । सिंगापुरले विश्वकप ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गरेको हो । दुई महिना अघि घरेलु मैदानमा भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको थियो ।
यसैगरी नेपाल सिंगापुरको सिरिज खेलेर ओमनमा पाँच देश सम्मिलित अर्को टी–२० सिरिज खेल्न जानेछ । ओमनले आयोजना गरेको सिरिजमा नेपालसहित आयरल्यान्ड, ओमन, हङकङ र नेदरल्यान्ड रहेका छन् । सिरिज अक्टोबर ५ देखि १० तारिखसम्म सञ्चालन हुनेछ ।
नेपाली टोली
पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, कारण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा र रोहितकुमार पौडेल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण