ताजकिस्तानसँग लज्जास्पद हारसँगै नेपाल बाहिरियो
शनिबार, ०४ असोज २०७६, ०९ : ५४
काठमाडौँ । नेपालले जोर्डनमा एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलमा अर्को लज्जास्पद हार खेपेको छ ।
शुक्रबार राति भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० गोलले पराजित भयो । यस हारसँगै नेपाल छनोटबाट बाहिरिएको छ ।
पहिलो हाफमै चार गोल खाएको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । ताजकिस्तानको भने लगातार तेस्रो जित हो ।
समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा पनि आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो ।
समूहको दोस्रो खेलमा भने नेपालले कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।
नेपालले समूहको अन्तिम खेल आइतबार श्रीलंकासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण