मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
शनिबार, ०४ असोज २०७६, १७ : ००
बुटवल–दाङको घोराहीमा भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
घोराही उपमहमानगरपालिका वडा नं. ९ गुकाली डाँडाँमा रा ४ प ७८९३ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षीय दिपक विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तुलसीपुर बाट घोराहीतर्फ जादै गरेको उक्त मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते विक दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
दूरी देखाउन बनाईएको सिमेन्टको पिल्लरमा ठोकिन गई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण