अध्यक्षको दादागिरीले तरुण दलमा विवादको सिर्जना भयो : महासचिव शाही
काठमाडौं – नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले आफूलाई तरुणको नेतृत्व दिए एक वर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने बताएका छन् ।
पार्टीले तरुण दलको जिम्मेवारी मात्र नभइ कुनै विभागको जिम्मेवारी दिएर काम गर्ने वततावरण सृजना गरे काँग्रेसलाई देशकै पहिलो पार्टी बनाइ छाड्ने ठोकुवा गरेका हुन् ।
नेपाली काँग्रेस पन्चकन्याँ काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको विजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रममा शाहीले तरुण दलमा अध्यक्ष जितजंग बस्नेतको दादागिरीले विवाद देखिएको बताए ।
आफूले संगठनलाई जोगाइराख्न धेरैनै प्रयत्न गरेको तर अध्यक्षले अधिनायकवाद लादेको ओरोप लगाए । आफ्ना कारणले आजसम्म तरुण दल एक ढिक्का भएर बसेको तर अध्यक्षले काम गर्ने जागर नदेखाएर काम गरौंभन्दा कारवाहीको डण्डा बजाएको बताए ।
उनले भने, ‘अध्यक्षले मैले भनेका केही काम गर्न गर्न मान्नु भएन । मैले देशैभरी संगठन विस्तार गरौं भने, मेची– महाकालि जागरण अभियान चलाउँ भने, निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा जिल्ला जिल्लामा महिलाहरुका लागि रक्षात्मक तालिम दिउँ भने, भष्ट्राचार विरुद्धको अभियान चलाउँ भने तर उहाँले यी कुनै पनि काम गर्न चाहनु भएन् । उल्टै म माथि कारवाहीको डण्डा बजाउनुभयो ।’
अध्यक्षले आफूलाई बिकट कालिकोटको गाउँमा जन्मेकाले भनेर हेपेको शाहीले बताए । विगतमा माओवादीले खाल्डो खनेर कन्चटीमा पेस्टोल ताक्दासमेत नडराएको भन्दै सानातिना धम्कीले केही फरक नपर्ने बताए शाहीले बताए।
उनले भने, ‘ठुलो ज्यान छ भन्दैमा, विगतमा गुण्डागर्दी गरेको र अगाडि पछाडि दुई चार जना केटाहरु घुमाउँदैमा कोही पनि डराउदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण