सबैभन्दा जेठी मोडल, जसले ९३ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन्
लिस प्यान्ग एसियाकै सबैभन्दा जेठी मोडल बनेकी छिन् । बुधबार ९६ वर्षकी एलिसलाई मोडलिङ क्षेत्रकै जेठी मोडलको उपनाम दिइएको हो ।
उनीभन्दा पहिले जापानकी ८४ वर्षिय नाओन्डा कुडो र चीनकी ८४ वर्षिय वान्ग डेशनलाई सबैभन्दा जेठी मोडलको रुपमा लिइन्थ्यो ।

फेशनेबल कपडा लगाउन शौखिन एलिसले अहिलेसम्म मोडलिङको दुनियाँमा कदम राख्नेबारे नसोचेको बताउँछिन् । उनले यसको श्रेय आफ्नी नातिनीलाई दिएकी छिन् । उनकी नातिनीले ६५ वर्षकी मोडल देखेपछि उनलाई मोडलिङ गर्न अभिप्रेरित गरेकी थिइन् ।

उनले भनिन्, ‘मोडलिङ मेरो लागि कुनै चुनौतीभन्दा कम थिएन । तर मैलै जीवनमा हरेक चुनौतीको सामना गरेकी छु । त्यसैले मैले मोडलिङ गरेरै छोड्ने अठोट लिएकी थिएँ । मलाई केहि थाहा थिएन तर मलाई मेरो म्यानेजरले धेरै कुरा सिकायो । मेरो मेकअप आर्टिस्ट र हेयर ड्रेसरको मेहेनतपछि मोडलिङमा झनै रुचि बढ्दै गयो । अब त यो फिल्डमा लागेको तीन वर्ष भयो ।’
उनी आफ्नो शरीर प्राकृतिक रुपमा नै फिट भएको दावी गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो, तस्बिरहरू
-
गणेश नेपालीको मृत्युको विरोधमा वैदिक सनातन युवा मोर्चाद्वारा प्रदर्शन
-
गणेश आत्मदाह प्रकरणमा बाबुराम भन्छन्– ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने लज्जास्पद चरित्र उजागर
-
गणेशको आत्मदाहले दबाबमा बालेन सरकार, सत्ता पक्षकै नेताले पोखे असन्तुष्टि
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण