९२ औं ओस्कारमा भारतको आधिकारिक फिल्म ‘गली बोय’ छनौट
एजेन्सी । जोया अख्तरद्वारा निर्देशित फिल्म ‘गली बोय’ यो वर्षको ओस्करको अन्तराष्ट्रिय फिचर फिल्म विधामा भारतबाट प्रतिस्पर्धा गर्न पठाइने आधारिक फिल्म बनेको छ ।
शनिबार ‘फिल्म फेडरेसन अफ इण्डिया(एफएफआई)’ले भारतबाट ओस्कार पठाइने आधिकारिक फिल्मको रुपमा ‘गली बोय’को नाम घोषणा ग¥यो ।
एफएफआईले गठन गरेको ओस्कार छनौट समितिको नेतृत्व निर्देशक अर्पना सेनले गरेकी थिइन् । शनिबार एक समारोहमा सेनले ‘गली बोय’ छनौट भएको जानकारी दिईन् ।
‘छनौटको क्रममा लोकतान्त्रिक प्रक्रिया अपनाइएको थियो । हामीले लामो समय लगाएर सम्भावित सबै फिल्मबारे छलफल ग¥यौं । अन्तिममा हामीले ‘गली बोय’ छान्यौं ,’ सेनले भनिन् ।
सेनाको नेतृत्वमा रहेको निर्णायक मण्डलले २८ फिल्ममध्यबाट औपचारिक चयन छनौट गर्नुपर्ने थियो । त्यसमध्य एउटा गुजराती फिल्म ‘चल लेभी लिए’ सुरुमै अयोग्य ठहरिएपछि संख्या २७ पुगेको थियो ।
गली बोयको छनौटबारे एफएफआईका अध्यक्ष फिरदोसुल हसनले सकारात्मक प्रतिक्रिया दिएका छन् ,‘ रणभीर सिंह–अलिया भट्ट अभिनित फिल्मको छनौट निक्कै सही छ । निर्णायक मण्डलले जुन मेहनतका साथ काम गरेको छ त्यसको लागि हामी कृतज्ञ छौं ।’
‘गली बोय’का निर्माता रितेस सिधवानी र फरहान अख्तर हुन् । फिल्मका निर्माता फरहान अख्तरले एक ट्वीट गर्दै आफूले निर्माण गरेको फिल्म ९२औं ओस्कारमा भारतको औपचारिक चयनको रुपमा छानिएको भन्दै फिल्मसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश आत्मदाह प्रकरणमा बाबुराम भन्छन्– ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने लज्जास्पद चरित्र उजागर
-
गणेशको आत्मदाहले दबाबमा बालेन सरकार, सत्ता पक्षकै नेताले पोखे असन्तुष्टि
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण