जब आँधीमा फस्यो एयर इन्डियाको विमान...
एजेन्सी । भारतको नयाँ दिल्लीबाट कोची हुँदै तिरुवन्तपुरम गइरहेको एयर इन्डियाको विमान शुक्रबार आँधीमा फसेको छ ।
समाचार एजेन्सीका अनुसार उक्त विमानमा १७२ यात्री सवार थिए ।
आँधीमा फसे पनि यात्रुहरुलाई कुनै नोक्सानी भएन र विमानलाई सुरक्षित ल्याण्ड गराइएको थियो ।
यस घटनाको जाँच एयरलाइन्सको सुरक्षा विभागले गरिरहेको छ ।
विमानले कोचीबाट त्रिवेन्द्रमका लागि उडान भरेपछि बीच बाटोमा आँधीमा फसेको थियो । त्यसपछि ए–३२१ विमानलाई निरीक्षणका लागि तत्कालै ल्याण्ड गरिएको थियो । विमानमा सामान्य क्षति पुगेको छ ।
विमानको आपत्तकालिन ल्याण्डिङ र निरीक्षणका कारण रिटर्न फ्लाइट करीब ४ घण्टा ढिला भएको थियो ।
विमान चट्याङ चपेटामा आएको थियो
एक हप्तामा आकाशमा विमान संकटमा फँसेको यो दोस्रो घटना हो । यसअघि १७ सेप्टेम्बरमा दिल्लीबाट विजयवडाबाट जाने एयर इन्डियाको ए–३२० विमान पनि चट्याङको चपेटमा आएको थियो । सो घटनामा विमानको क्याबिन क्रुका एक सदस्य सामान्य घाइते भएका थिए । विमानका सबै यात्रु भने सुरक्षित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कार दुर्घटनामा व्यवसायी रेशम थापाको मृत्यु
-
सुकुमबासी परिवारसँग गृहमन्त्रीले मागे माफी
-
व्यापारी श्रेष्ठको हत्या आरोपीलाई १० वर्षको कैद सजाय
-
ट्रम्पको नयाँ धम्कीः बिहीबार राति इरानमाथि ठुलो आक्रमण हुनेछ
-
मिसेस ग्लोबल नेपाल २०२६ को उपाधि सभ्या महर्जनलाई
-
‘यो बजेट टाई लगाउनेलाई हो, गाई पाल्ने किसानका लागि होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण