बिन्दास बाँदर !
काठमाडौँ । स्वयम्भुनाथ स्तुपालाई विदेशी पर्यटकले ‘मङ्की टेम्पल’ (बाँदरको मन्दिर) पनि भन्छन् । नभनुन् पनि कसरी स्तुपा परिसर वरपर रहेको जङ्गलमा ठूलो सङ्ख्यामा बाँदरहरुको वासस्थान रहेको छ । ती बाँदरहरुलाई स्वयम्भुनाथ स्तुपाको परिसरमा पनि मनग्गे देख्न पाइन्छ । ती बाँदरहरुको हाउभाउ र दिनचर्या धेरैका लागि रोचक बन्ने गरेको छ । त्यहाँ पुग्ने आन्तरिक र वाह्य पर्यटकहरुले बाँदरहरुलाई खाना दिएर, उनीहरुको क्रियाकलापलाई अवलोकन गर्नुका साथै आफ्नो क्यामरामा कैद गरेर पनि रमाइलो गर्ने गर्छन् । त्यही ‘मङ्की टेम्पल’ मा पुग्दा मलाई पनि बाँदरहरुले आकर्षित गरिहाल्यो ।
म स्वयम्भु पुग्दा दिउँसोको १ बजेको हुँदो हो । टन्टलापुर घाम लागिरहेको थियो । गर्मी छल्न सबैजना रुखको शीतल छहारी खोज्दै थिए । त्यही बेला स्वयम्भुका बाँदरहरु भने मन्दिर परिसरमा रहेको पोखरीमा विन्दास मुडमा पौडी खेल्दै थिए । त्यो दृश्य निकै रोचक थियो । मैले क्यामेरा तेर्साइहाले ।
हेरौँ त्यहाँ कैद गरिएका केही तस्विरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय