बिन्दास बाँदर !
काठमाडौँ । स्वयम्भुनाथ स्तुपालाई विदेशी पर्यटकले ‘मङ्की टेम्पल’ (बाँदरको मन्दिर) पनि भन्छन् । नभनुन् पनि कसरी स्तुपा परिसर वरपर रहेको जङ्गलमा ठूलो सङ्ख्यामा बाँदरहरुको वासस्थान रहेको छ । ती बाँदरहरुलाई स्वयम्भुनाथ स्तुपाको परिसरमा पनि मनग्गे देख्न पाइन्छ । ती बाँदरहरुको हाउभाउ र दिनचर्या धेरैका लागि रोचक बन्ने गरेको छ । त्यहाँ पुग्ने आन्तरिक र वाह्य पर्यटकहरुले बाँदरहरुलाई खाना दिएर, उनीहरुको क्रियाकलापलाई अवलोकन गर्नुका साथै आफ्नो क्यामरामा कैद गरेर पनि रमाइलो गर्ने गर्छन् । त्यही ‘मङ्की टेम्पल’ मा पुग्दा मलाई पनि बाँदरहरुले आकर्षित गरिहाल्यो ।
म स्वयम्भु पुग्दा दिउँसोको १ बजेको हुँदो हो । टन्टलापुर घाम लागिरहेको थियो । गर्मी छल्न सबैजना रुखको शीतल छहारी खोज्दै थिए । त्यही बेला स्वयम्भुका बाँदरहरु भने मन्दिर परिसरमा रहेको पोखरीमा विन्दास मुडमा पौडी खेल्दै थिए । त्यो दृश्य निकै रोचक थियो । मैले क्यामेरा तेर्साइहाले ।
हेरौँ त्यहाँ कैद गरिएका केही तस्विरहरुः








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण