धमरा बन्दरगाह उपयोगः अलमल हटाउन ‘बल्क’ बाट सुरुवात
नेपालको समुन्द्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको उडिसा प्रान्तस्थित धमरा बन्दरगाह ‘बल्क’ र ‘कन्टेनर’ दुवै किसिमको ‘कार्गो’ का लागि भरपर्दो विकल्प बन्ने देखिएको छ ।
अहिले प्रयोगमा रहेको पश्चिम बंगालको कोलकाताबाट साढे दुई सय किलोमिटर तथा हल्दियाबाट सय किलोमिटरको दूरी र आन्ध्र प्रदेशको बिशाखापटनमभन्दा साढे चार सय किलोमिटर नजिकमा यो बन्दरगाह नेपालको व्यापारको ट्रान्जिट बन्दरगाहको रुपमा प्रस्तावित छ ।
अलमल र निकास
यसअघि कोलकतामा आश्रित नेपाली व्यापारका लागि अरु विकल्पसमेत प्रयोग गर्ने भनेर बिशाखापटनमसँग सम्झौता भए पनि दुई वर्ष प्रयोगमा आउन नसकेको अनुभव छ । धमरा अझ नयाँ हो । यसै वर्ष सैद्धान्तिक सहमति भएर सम्झौता हुन बाँकी छ । सम्झौतालगत्तै प्रयोगमा ल्याउन सक्नेगरी नयाँ बन्दरगाहको रुपमा प्राप्त धमराका लागि अहिलेदेखि तयारी र अध्ययन हुनुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा रितेश त्रिपाठीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण