बिल्बाओ र रियल विजयी
एजेन्सी । शीर्ष टोली एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडले स्पेनिस ला लिगामा जीत निकालेका छन् । आइतबार राति भएको खेलमा बिल्बाओले डिर्पोटिभो अलाभेसलाई २–० गोलले हरायो । अर्को खेलमा रियल म्याड्रिडले सेभियालाई उसैको मैदानमा १–० गोलले पराजित गर्यो ।
बिल्बाओको जितमा राउल गार्सियाले ३८औं र लकर मुनियनले ७२औं मिनेटमा गोल गरेका थिए । जीतसँगै शीर्ष स्थानमा रहेको बिल्बाओले पाँच खेलबाट ११ अंक बनाएको छ । पाँच अंक बनाएको डिर्पोटिभो १३औं स्थानमा छ ।
यसैगरी रियलको जितमा करिम बेन्जेमाले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलमा बेन्जेमाले ६४औँ मिनेटमा ड्यानियल कार्भाहलको पासमा गोल गर्दै रियलको उत्साह बढाएका थिए । लगातार गोल गर्ने अवसर बनाएपनि रियलले थप गोल गर्न भने सकेन । जितसँगै ११ अंक बनाएको रियल गोल अन्तरमा आधारमा दोस्रो स्थानमा छ । सेभिल्ला १० अंकसहित पाँचौ स्थानमा छ ।
आइतबार राति भएको अन्य खेलमा गेटाफेले मालोर्कालाई ४–२ र रियल सोसियडाडले स्पान्योललाई ३–१ गोलले हराएको छ । भ्यालेन्सिया र लेगानेसले १–१ गोलको बरबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण