करेन्ट लागेर एक युवकको मृत्यु
सोमबार, ०६ असोज २०७६, १२ : ५६
सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिए ।
मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराजस्थित गजेन्द्र अस्पतालमा भर्ना गरे पनि उपचारको क्रममा राति नै उनको मृत्यु भएको विजयले बताउनुभयो । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण