ट्रक र कार ठोक्किँदा कारमा सवार ५ जनाको मृत्यु
मङ्गलबार, ०७ असोज २०७६, ०६ : ४३
नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको ज्यान गएको छ ।
कावासोती ८ को खरकट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किएको हो ।
दुर्घटनामा परि कारमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।