भारतले जित्यो शृंखला
काठमाडौं– अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ । मंगलबार भएको खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको शृंखला ३–० ले क्लीन स्वीप गरेको हो ।
मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ५६ रन बनायो । भारतका इमरान मल्लिकले ५२ रनको अर्धशतकीय पारी खेले । नेपालका तबरेज अन्सारीले तीन विकेट हात पारे । पहिलो खेलमा भारतले ६१ रन र दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।
एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै एक सय २७ रन बनायो । नेपालका छवि धोबीले ४१ तथा तबरेज अन्सारीले १६ रन बनाए ।
प्रतियोगितामा भारतका इमरान मल्लिक म्यान अफ दी सिरिज र म्यान अफ दी दुवै घोषित भए । यस्तै बेस्ट ब्याट्सम्यान भारतीय कप्तान यादयुन्दर सिंह खेरा, बेस्ट बलर नेपालका तबरेज अन्सारी, बेस्ट विकेटकिपर भारतका तबरेज र बेस्ट फिल्डर नेपालका मनोज थापा घोषित भए ।
विजेतालाई नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पा, सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालालगायतले पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण