निर्मला हत्या प्रकरणः के त्रुटी भयो पत्ता लगाउन अनुसन्धानमा गृहको प्राविधिक टोली
गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ ।
मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीले प्राविधिक टोली गठन गरी अनुसन्धान थालेको पुष्टि गरे । ‘यो नितान्त प्राविधिक टोली हो, यसको आफ्नै कार्यक्षेत्र छ त्यसकारण यो विषयमा बढी प्रचारवाजी गर्न जरुरी छैन, अनुसन्धान भइरहेको छ,’ प्रवक्ता सुवेदीले भने । गत वर्ष साउन १० गते पन्तको बलात्कारपछि हत्या गरिएको थियो । साथीका घरबाट गृह कार्य गरेर घर फर्किरहेकी पन्तको अर्को दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।
गृह मन्त्रालय स्रोतका अनुसार रिजालको टिमलाई अनुसन्धानका लागि १५ दिनको समय दिइएको छ । ‘उनले एक हप्ता मात्रै भयो काम थालेको अब एक हप्तापछि आफ्नो प्रतिवेदन बुझाउनेछन्, समय पुगेन भने थप पनि हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो, ‘प्राविधक रुपमा त्रुटी भए कहाँ कसरी भएको हो, त्यस बारेमा अनुसन्धान गरी प्रतिवेदन दिन भनिएको छ ।’ यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण