सी–विचारधारा : ‘यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्छ’
छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ । यही बेला चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन् ।
उदाउँदा दुई आर्थिक शक्तिबीच नेपाल रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल गर्नै पर्छ । चीनले आफ्नो शासन प्रणालीलाई अनुशासित र सबल प्रणालीका रूपमा चित्रण गर्दै आएको छ । उसले छिमेकमार्फत यसलाई प्रचार गर्ने नीति लिएको छ । छिमेक नीति स्पष्ट पारेर चीन आफ्नो प्रभावमा दत्तचित्त भएको विज्ञको टिप्पणी छ । यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्ने धारणा उनीहरू राख्छन् ।
सत्तारुढ दल एकातिर ढल्किँदा नेपालको विदेश नीतिमा असामञ्जस्य आउने उनीहरूको तर्क छ । नेकपाभित्र चीनसँग नजिक हुने प्रतिस्पर्धा चलेको छ ।
राजनीतिकशास्त्रका प्राध्यापक श्रीधर खत्रीले यसलाई ‘बेमौसमी बाजा’को संज्ञा दिएका छन् । ‘यस प्रकारको प्रशिक्षण चाकडीको हद र अनावश्यक हो । हामी बहुदलीय लोकतान्त्रिक व्यवस्थामा छौं’, उनले मंगलबार अन्नपूर्णसँग भने, ‘सीको विचार एक मुलुक एक दल (एकदलीय व्यवस्था)मा केन्द्रित छ । विचारै मिल्दैन । अन्य अनुभव सुन्न मिल्ला तर अवधारणाको प्रशिक्षण फरक हो ।’
सरकारसँग दुईतिहाइ समर्थन रहे पनि सिद्धान्ततः संविधानअनुरूप अघि बढ्नुपर्ने सुझाव उनले दिए । ‘नेकपा बहुदलीय व्यवस्थामा प्रतिबद्ध छ । उसको घोषणापत्रमा पनि त्यही छ’, उनले भने, ‘तर, ‘अहिले प्रशिक्षण एकदलीय संरचनाको हुँदा सिद्धान्त मेल खाँदैन ।’ नेपालले बदलिँदो कूटनीतिक परिवेश र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर सावधानीपूर्वक कदम चाल्नुपर्ने उनले बताए । ‘भारत र चीनका राष्ट्र एवं सरकार प्रमुखको भ्रमण हुनु राम्रो नीति हो’, उनले भने ।
नेकपामा सी विचारप्रतिको आकर्षण बढ्दो देखिँदा त्यसतर्फ ढल्किएको हुन सक्ने आकलन उनको छ । यो समचार अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण