करेन्ट लागेर एकै परिवारका २ सहित ३ को मृत्यु
बुधबार, ०८ असोज २०७६, ११ : ३०
जनकपुर-धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षिय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् ।
महतोले पूर्वेली स्टाफ होटल संचालन गर्दै आएका थिए । सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको प्रहरी उपरीक्षक शेखर खनालले जनाए । उनले मृतक कामदारको पहिचान खुल्न सकेका छैन् ।
घरमा सुतिरहेका बेला विद्युत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान छ । विहान ढिलोसम्म होटल नखोल्दा स्थानीयले सोधखोज गर्दा मृत भेटेपछि प्रहरीलाई खबर गरेको थियो ।
मृतक ३ जनाको शव अञ्चल अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण