तीन हप्ता अघिमात्रै अमेरिका गएका नेपालीको दुर्घटनामा मृत्यु
बिहीबार, ०९ असोज २०७६, ०९ : ४५
तीन हप्ता अघिमात्रै अमेरिका गएका एक नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ ।
बर्दिबास महोत्तरी घर भएका ५८ वर्षे विष्णुप्रसाद सापकोटाको बिहिबार निधन भएको हो । बिहान मर्निङ वाक गर्दागर्दै बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको केन्टुकी नेपाली समाजले जानकारी दिएको छ ।
श्रीमानको मृत्यु भएको खबर पाउनेबित्तिकै बेहोस भएकी बिमला सापकोटाको युनिभर्सिटी अफ केन्टुकी हस्पिटलमा उपचार भइरहेको छ ।
विष्णुप्रसाद छोरी बिनिता सापकोटा र ज्वाईं रोशनराज घिमिरेलाई भेट्न अमेरिकाको केन्टुकीस्थित लेक्सिङ्टन पुगेका थिए ।
केन्टुकी नेपाली समाजले रोशनराज र बिनिता सापकोटालाई सहयोग स्वरुप ५० हजार डलर सहयोगको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण