कांग्रेसलाई जनताले किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्ने समय आयो : नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राखे। “अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’’ पौडेलले भने ।
उनले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब काङ्ग्रेस कर्मशिल हुनुपर्ने बताए । ‘‘यो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हो, काङ्ग्रेसको भविष्य निर्धारण यसैले गर्नेछ, यसमा सबैले ववेक पु¥याउनुपर्छ’’, पौडेलले भने।
नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छ कि भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताए । ‘‘दुई तिहाइको सरकार अहिले अल्मलिएको छ, राष्ट्रको विकास र समृद्धिको यात्रा काङ्ग्रेसले नै गर्छ ’’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण