रुसद्वारा २ सयभन्दा बढी उत्तर कोरियाली पक्राउ
मस्को– रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ । गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक भएको थियो ।
एफएसबी सुरक्षा सेवाका अनुसार उत्तर कोरियाका २६२ जना माझीलाई पाँचवटा मोटरबोट सहित पक्राउ गरिएको छ । रुसी समाचार संस्थाले उत्तर कोरियाली माझीहरुले कुनै प्रतिरोध नगरेका र उनीहरुलाई सुदूर पूर्वी नाखोट्का बन्दरगाहमा राखिएको जनाएको छ ।
पक्राउ परेका माझीहरुबाट माछा मार्न प्रयोग हुने ३० हजारभन्दा बढी चारो पनि बरामद गरिएको छ । गत साता, एफएसबीका अनुसार रुसी तटरक्षकहरुको उत्तर कोरियाली माझीहरुसँग सामान्य झडप पनि भएको थियो । जापान समुद्रमा माछा मार्ने अधिकारका विषयमा रुस, उत्तर कोरिया र जापानबीच नियमितझैं झडप हुने गरेको छ । जुलाईमा उत्तर कोरियाले १५ जना रुसी सहित एक माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएको थियो । –एएफपी/AFP: File photo
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण