दलीय भागवण्डाअनुसार मैत्री समूह गठन, कांग्रेसलाई भारत र अमेरिका संयोजकको जिम्मेवारी
विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ । ३३ देशका राजदूतसँग सहकार्य गर्न संसद्ले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो । अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरु नै छन् ।
दलीय भागवण्डाअनुसार सत्तासीन नेकपा २१, विपक्षी कांग्रेस ६, सत्तासीन समाजवादी पार्टी ३ र राजपाले ३ देशको मैत्री देशको संयोजक पाएका हुन् । द्विपक्षीय सम्बन्ध कायम रहेका तथा नेपालका दूतावास रहेका मुलुकसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्न समूह गठन गरिएको संसद् सचिवालयले जनाएको छ ।
‘मित्रराष्ट्रबीचको कूटनीतिक सम्बन्ध तथा मित्रता प्रभावकारी बनाउन, कतिपय विषयमा लबिङ गर्न र एकआपसमा अनुभव साटासाट गर्न मैत्री समूहले काम गर्छन्,’ संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले भने । यो समाचार अन्नपूर्ण पोष्ट्मा नरेन्द्र साउदले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण