१९ वर्षपछि फरार अभियुक्त मकवानपुरबाट पक्राउ
शनिबार, ११ असोज २०७६, ११ : ४२
हेटौंडा । प्रहरीले लागूऔषध गाँजा मुद्धाका फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय गौतम लामा रहेका छन् ।
शुक्रबार मकवानपुर मनहरी गाउँपािलका–३ घर भएका लामालाई मनहरी बजारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए ।
लामालाई गाँजा मुद्दामा जिल्ला अदालत पर्साले २०५७ साल कात्तिक ३० गतेको फैसलामा ११ महिना ३ दिन कैद र ७ हजार ५०० जरिवाना तोकेको थियो ।
लामा त्यसपछि फरार भएका थिए । लामालाई अदालतमा उपस्थित गराई कैद र जरिवाना भुक्तानको लागि भीमफेदी जेल चलान गरिएको सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण