बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीले पूर्वमाओवादीका अपूरा एजेण्डा उठाएको होः अशोक राई

शनिबार, ११ असोज २०७६, १२ : ४८
शनिबार, ११ असोज २०७६

बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टीले पूर्वमाओवादीले उठाएका अपूरा एजेण्डाहरु पूरा गर्न संविधान संशोधनको माग गरिरहेको बताएका छन्  ।

शनिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

 संविधान संशोधनका लागि तपाईँको पार्टीले जुन जुन कुराहरु उठाएको छ त्यो  पूर्व माओवादीले उठाएको  एजेण्डा थियो, त्यो तपाईँको पार्टीले फेरि उठाएको हो ? भन्ने प्रश्नमा राईले भने –‘ हो, हामीले पूर्व माओवादीले उठाएका तीनै अधुरा एजेण्डाहरु   उठाएका हौं ।’

उनले संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको माग रहेको भन्दै प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले द्धिविधा पारिरहेको बताए । 

‘हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति , पहिचान सहितको संघीयता लगायतका विषयहरु संविधानमा संशोधन गरेर पुरा गरिनु पर्छ भनेर प्रधानमन्त्री केपी ओलीज्यूसँग लिखित सहमति गरेर सरकारमा गएका हौं’ उनले भने–‘हामीसँग संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता जनाउनु भएका प्रधानमन्त्री ओलीले सांसदमा भने  संविधान संशोधन गर्ने कुरा सधै गीत गाइरहने कुरा होइन भनेर भन्दा हामीलाई दुविधामा पार्नु भएको छ ।’

  प्रधानमन्त्री ओलीले अहिलेको ब्यवस्था विरुद्ध खतरा छ भनेर भन्नु हावादारी भएको टिप्पणी गरे ।  उनले भने, ‘गणतन्त्रलाई कुनै खतरा छैन । यदि छ भने सरकारको  गतिविधि कै कारण हुनेछ । भ्रष्टाचार, घुसखोरी यो सरकारका पालामा बढेको आरोप लगाउँदै  उनले त्यो नरोकिँदा जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावानी समेत दिए ।

    उनले पार्टी सरकारमा रहेको भएपनि सरकारका गलत कार्यको विरोध गर्न आफूहरुलाई कुनै नैतिक संकट नभएको स्पष्ट पारे । 

यसैबीच तत्कालीन संघीय समाजवादी पार्टी र नयाँशक्ति पार्टीबीच एकीकरण भएर बनेको समाजवादी पार्टीले गुल्मीमा ४४ सदस्यीय जिल्ला कार्य समिति घोषणा  गरेको छ ।

    जिल्ला कार्य समिति विरबहादुर गुरुङ्गको नेतृत्वमा गठन भएको हो । अध्यक्ष गुरुङ्ग पछि तीन जना उपाध्यक्ष  घनश्याम पाण्डे, पदमबहादुर खत्री, सुरज बिसी रहेका छन । सचिवमा जनक पन्थ , सह–सचिवमा डिलमाया सिंजाली र कोषाध्यक्ष खड्ग बिक रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप