बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण

शनिबार, ११ असोज २०७६, १६ : १२
शनिबार, ११ असोज २०७६

काठमाडौँ । आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका छन् ।  

चितवनको चौबिसकोठीस्थित ग्लोबल होटलबाट माइक्रोबसमा बाहिर निस्कदै गर्दा शाहीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । 

आक्रमणबाट शाही सामान्य घाइते भएका छन् । शाहीको सीमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।

शाही चौबिसकोठीमा सभा गर्न जान लागेको बताइएको छ । आक्रमण हुनसक्ने भन्दै शाहीलाई चितवनका सिडिओ र प्रहरी प्रमुखले सभा नगर्न आग्रह समेत गरेका थिए । 

शाहीमाथि कसले र किन आक्रमण गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको र आक्रमण गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप