चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण
काठमाडौँ । आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका छन् ।
चितवनको चौबिसकोठीस्थित ग्लोबल होटलबाट माइक्रोबसमा बाहिर निस्कदै गर्दा शाहीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।
आक्रमणबाट शाही सामान्य घाइते भएका छन् । शाहीको सीमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।
शाही चौबिसकोठीमा सभा गर्न जान लागेको बताइएको छ । आक्रमण हुनसक्ने भन्दै शाहीलाई चितवनका सिडिओ र प्रहरी प्रमुखले सभा नगर्न आग्रह समेत गरेका थिए ।
शाहीमाथि कसले र किन आक्रमण गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको र आक्रमण गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण