लताको आवाजको मजाक उडाइन्थ्यो तर यो गीतले उनलाई दियो पहिचान
मधुर स्वरकी धनि तथा आवाजकी रानी लता मंगेसकर ९१ वर्षकी भइन् । उनले सांगितिक यात्राको ७० वर्षमा हजारौँ गीत पर्दा पछाडि रहेर गीत गाइन् । उनको जादुमही स्वरले करोडौँ स्रोताको मनमा बस्न सफल लताले १९७७ मा गुलजारले लेखेका गीतमा स्वर भरेकी थिइन् जुन उनको लागि मायाले भरिएको पत्र बराबरको थियो ।
भारत रत्न पुरस्कारबाट पुरस्कृत लताको संगीत यात्रा दुर्लभ रहेको छ । सन् १९२९ महान थिएटर आर्टिस्ट पण्डित दीनानाथ मंगेसकरको घरमा जन्मिएकी लताको रगतमै थियो, संगीत, नाच र अभिनय । तर बालापनमा गरिबीको सामान गर्नुपरेपछि उनी धेरै अगाडि बढ्न सकेकी थिइनन् । रुढीवादी सोचका पिताले उनलाई छोटा कपडा लगाउन, मेकअप गर्न र राति घर बाहिर हिँड्न दिँदैनथे । उनको डे«सअप र मेकअपका कारण फिल्मी गीतमा धेरै प्रशंसा पाउन नसकेको अनुभव सुनाएकी थिइन् ।
सन् १०४२ मा उनको पिताको निधन भयो । पिताको निधनपछि भाइबहिनीसँग उनले पनि निकै कष्टकर जिवन बिताइन् । १३ वर्षकै उमेरमा उनले थुप्रै समस्या झेलिन् । बालापनको स्वतन्त्रता उनले अनुभव गर्न पाइनन् । परिवारको गुजारा चलाउनको लागि उनले थुप्रै संघर्ष गर्नुपरेको थियो । त्यस समय बलिउडमा आफ्नो गीत आफै गाएर अभिनय गर्ने प्रचलन थियो त्यही क्षेत्रमा उनले आफ्नो करियरको सुरुवात गरिन् ।
उनले जीवनका केहि तिता अनुभव सुनाउँदै आफ्नो आवाजको मजाक उडाएको पनि सम्झिइन् । यसैबीच मास्टर गुलाम ह्यादरे उनको आवाजको पहिचान गरेर ‘आएगा आने वाला’ बोलको गीत गाउने मौका दिए । मधुवाला र अशोक कुमारले ‘मिस्ट्रि गर्ल’ मा गरेको उक्त गीत सुपर हिट भयो जसको कारण लतालाई केही राहत मिल्यो ।
केहि दशक पहिलो धेरै पातलो आवाजको भएको भन्दै अस्वीकृत लताको स्वरले अहिले सबैको मनमा जादू चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युको विरोधमा वैदिक सनातन युवा मोर्चाद्वारा प्रदर्शन
-
गणेश आत्मदाह प्रकरणमा बाबुराम भन्छन्– ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने लज्जास्पद चरित्र उजागर
-
गणेशको आत्मदाहले दबाबमा बालेन सरकार, सत्ता पक्षकै नेताले पोखे असन्तुष्टि
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण