बंगलादेशलाई हराउँदै भारत बन्यो च्याम्पियन
काठमाडौं– तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । हल्चोकस्थित एपीएफको मैदानमा आइतबार भएको फाइनलमा भारतले बंगलादेशलाई २–१ गोलले हराउँदै च्याम्पियन बनेको हो ।
यससँगै भारत नयाँ च्याम्पियन पनि बनेको छ । यसअघिका दुई संस्करण नेपालले जितेको थियो । यसपटक नेपाल समूह चरणबाटै बाहिरिएको थियो । भारतको जितमा बिक्रम प्रताप सिंह र रविबहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल गरेका थिए ।
पहिलो हाफमै तीन खेलाडीले रातो कार्ड पाएको खेलमा भारतले दोस्रो मिनेटमै सिंहको गोलबाट अग्रता लिएको थियो । २२ औं मिनेटमा भारत र बंगलादेश १०/१० खेलाडीमा समेटिएका थिए । मैदानमा आपसी झगडा गरेपछि रेफ्रीले भारतका गुर्किरात सिंहलाई सिधै रातो दिए । त्यसलगत्यै बंगलादेशका मोहमद रिडोयलाई दोहोरो पहेंलो (रातो) कार्ड देखाएका थिए ।
त्यसपछि ३९ औं मिनेटमा कप्तान अर्फातीले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए । उनी गोल गर्नासाथ मैदानबाट बाहिरिएका थिए । गोलको खुसीयाली मनाउने क्रममा जर्सी फुकालेपछि उनलाई दोहोरो पहेंलो (रातो) कार्ड दिइएको थियो । त्यसपछि इन्जुरी समयमा भारतका रविबहादुरले गोल गर्दै टोलीलाई च्याम्पियन बनाए । माल्दिभ्स तेस्रो भयो । तेस्रो स्थानका लागि आइतबार भएको खेलमा माल्दिभ्सले भुटानलाई १–० गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण