सोसियडाडलाई सेभिल्लाको धक्का
स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थान कब्जा गर्ने अभियानमा रहेको रियल सोसियडाडलाई सेभिल्लाको नराम्रो धक्का लागेको छ । आइतबार राति भएको खेलमा सोसियडाड सेभिल्लासँग ३–२ गोलले पराजित भयो ।
घरेलु मैदानमा सेभिल्लाको जितमा नोलीटोले १८औं, लुकास ओकाम्पोसले ४७औं र फ्रान्को भाज्क्वेजले ८०औं मिनेटमा गोल गरे । रियल सोसियडाडका मिकेल ओयार्जबलले चौथो र पोर्टुले ८७औं मिनेटमा गोल गरेका थिए । सेभिल्लासँगको हारसँगै सासियडाडले शीर्ष स्थान कब्जा गर्ने मौका पनि गुमायो ।
जितसँगै सेभिल्ला छैटौं स्थानमा उक्लिएको छ । सेभिल्लाले सात खेलबाट १३ अंक बनाएको छ । यसअघिनै १३ अंक बनाएको सोसियडाड पाँचौं स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिको १५ र दोस्रो स्थानमा रहेको ग्रानडाको १४ अंक छ ।
ला लिगाकै अन्य खेलमा मध्यमटोली इबरले सेल्टाभिगोलाई, डिर्पोटिभो अलाभेसले मालोर्कालाई र रियल भालाडोलिडले स्पान्योललाई समान २–० गोलले हराएको छ । लिभान्ते र ओसासुनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण