‘बादशाह जुट’को ट्रेलरमा कमेडी, एक्सन र प्रेमकथा
काठमाडौं – फिल्म ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक गरिएको छ । कात्तिक १५ गते रिलिज मिति तोकिएको फिल्मको ट्रेलरमा कमेडी, एक्सन र प्रेमका दृश्यले प्राथामिकता पाएका छन् ।
जोनी सिंह रानाको निर्देशन रहेको फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायत कलाकारको मुख्य भुमिका रहेको छ । फिल्ममा अभिनेत्री प्रियंका कार्की अतिथि भूमिकामा छिन् ।
अभिषेक शशी कुमारको लेखन, उत्तम हुमागाईको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत रहेको फिल्म एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले मिलेर बनाएका हुन् ।
– कार्यक्रममा अभिनेता सुशील श्रेष्ठले फिल्ममा आफुल च्यालेन्जिङ भुमिका निर्बाह गरेको बताए ।
– निर्देशक जोनी सिंह रानाले दर्शकका लागि केहि नयाँ खुराक पस्किने जमर्को फिल्म मार्फत गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण