सभामुख महराको राजीनामा स्वीकृत, वेबसाइटबाट हटाइयो नाम
काठमाडौं निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । बुधबार संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिएको सुचना प्रकाशन गरेको छ । साथै संघीय संसदको बेवसाइटबाट उनको फोटो र नाम हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा विना फोटो सभामुख मात्र लेखिएको छ ।
संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले महराले आइतबार बेलुका आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनी अप्ठेरोमा परेका थिए । मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले महरालाई राजीनामा दिन सुझाव दिएपछि उनले छानविन नसकिञ्जेलका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिएका थिए ।
नेपालको संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएका स्वतः स्वीकृत भएको मानिने व्यवस्था रहेको छ । उनलाई संगीन आरोप लगाएकी शाहीले मंगलबार बेलुका भने आफ्नो बोली फेरेर महराले आफूलाई केही नगरेको दावी गरेकी छिन् ।
यसैबीच महराले सभामुख पदबाट दोस्रो राजीनामा पत्र बुझाएका छन् । महराले आफ्ना स्वकीय सचिवमार्फत पठाएको पहिलो राजीनामा पत्र उपसभामुख शिवमाया तुम्वाहाङ्फेले लिन नमानेपछि उनले दोश्रो राजीनामा पत्र बुझाएका हुन् । तुम्वाहाम्फेले महराका स्वकीय सचिवलाई दोहोरो अर्थ लाग्ने शब्द हटाएर राजीनामा लेख्न लगाएपछि महराले दोश्रो राजीनामा पत्र बुझाएको श्रोतको दाबी छ ।
उनले मंगलबार पुनः सभामुखको जिम्मेवारीमा फर्कन सक्ने शर्तसहितको राजीनामापत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित