चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा चुस्त पार्न आइजीपी खनालको निर्देशन
काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदो चाडपर्व र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन् ।
आज मातहतका प्रहरी कर्मचारीलाई बोलाएर उनले प्रहरीको साख माथि उठाउने यो महत्वपूर्ण अवसर भएको भन्दै सुरक्षामा कुनै कसर बाँकी नराख्नसमेत निर्देशन दिएका हुन् । बैठकमा महानगरीय प्रहरी कार्यालय परिसर, ट्राफिक प्रहरी महाशाखा, अपराध महाशाखा, वृत्त, प्रभागका प्रमुखसहितका प्रहरी कर्मचारीको सहभागिता थियो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले चाडबाडलगायत शान्तिसुरक्षालाई चुस्त बनाउने विषयसँगै प्रहरी दिवस आउन लागेकाले सोही विषयबारे आजको बैठकमा छलफल भएको जानकारी दिए ।
अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले चिनियाँ राष्ट्रपतिको भ्रमणको सुरक्षामा अन्य देशका राष्ट्र प्रमुखको जस्तै उच्चस्तरको सुरक्षा प्रबन्ध गरिएको र सबै सुरक्षा निकायको समन्वयमा नै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको राससलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण