लिभरपुलको कठिन जित
साविक विजेता लिभरपुलले युरोपियन च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । समूह ‘ई’ अन्तर्गत बुधबार राति भएको खेलमा इङ्लिश क्लब लिभरपुलले अष्ट्रि«याको साल्जवर्गलाई ४–३ गोलले हरायो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउन मोहमद सलाहले दुई गोल गरे । साडियो माने र एन्ड्रयु एन्डरसनले एक एक गोल गरेका थिए । साल्जवर्गका हि चान ह्वाङ, ताकुमी मिनामिनो र अर्लिङ ब्राउट हल्यान्डले गोल गरे । खेलको नवौं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । २५औं मिनेटमा एन्डरसनले गोलगर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । सलाहले ३६औं मिनेटमा तेस्रो गोल गरे ।
सलाहको गोलपछि साल्जवर्गका ह्वाङले ३९औं, मिनामिनोले ५६ औं र हल्यान्डले ६०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ६९औं मिनेटमा सलाहले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जिताएका थिए ।
यही समूहको अर्को खेलमा इटालियन क्लब नापोली र बेल्जियन टोली जेन्कले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा दुई खेलबाट चार अंक बनाएको नापोली शीर्ष स्थानमा छ । पहिलो जित हात पारेको साल्जवर्ग र लिभरपुल तीनतीन अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् । एक अंक बनाएको जेन्क तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण