नेप्से परिसूचक बढ्यो
काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१९ विन्दुले बढेर २५१.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । कूल १५३ कम्पनीको ६ लाख ४७ हजार ५६२ कित्ता शेयर रु १७ करोड ६६ लाख ३३ हजार ५१४ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज १० उपसमूहको शेयर उकालो लागेको छ भने एक उपसमूहको मात्रै शेयर घटेको छ । वित्त उपसमूहको शेयर ३.२८ विन्दुले घटेको छ । बैंकिङ ६.१५, होटल २२.४६, विकास बैंक १३.०४, जलविद्युत् ७.६८, निर्जीवन बीमा ३९.८, उत्पादन ८३.१५, अन्य १.२९, लघुवित्त १४.२४, जीवन बीमा ४९.५१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ ।
कारोबारका आधारमा आज सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो होटलको रु तीन करोड १३ लाख ९९ हजार २०० मा कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै सिद्धार्थ बैंकको रु एक करोड ५५ लाख ५९ हजार ७२९, शिवम सिमेन्ट रु ९२ लाख १३ हजार ६४५, प्रभु बैंक रु ७९ लाख ८० हजार ८७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु ४७ लाख १८ हजार ६०७ र एभरेष्ट बैंक लिमिटेडको रु ४६ लाख २० हजार ६९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार युनिलिभर नेपालका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंक ४, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ३.९६, कालिका पावर कम्पनी ३.९५, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७० र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६९ प्रतिशतले कमाए ।
त्यस्तै, युनाइटेड फाइनान्स ९.३१, अरुण भ्याली हाइड्रोपावर ४.०८, नेपाल हाइड्रो ४, बैंक अफ काठमाडौँ ३.७८, मिथिला लघुवित्त वित्तीय संस्था ३.७३ र रिडी हाइड्रोपावरका शेयरधनीले ३.६१ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण