बिहानै सवारी दुर्घटनामा महिलाको मृत्यु
हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ः३० बजे सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना५६प ४९३५ नंको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार सीताको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार, दुर्घटनाबाट मोटरसाइकल चालक सीताका पति ४५ वर्षीय शशि न्यौपाने भने सामान्य घाइते भएका छन् । हेटौँडा अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएका छन् ।
ठक्करबाट दिने ट्याङ्कर चालक भीमफेदी गाउँपालिका–१ त्रिखण्डी बस्ने २४ वर्षीय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण