बुटवलमा दुर्घटनामा परी दुई जनाको मृत्यु
शुक्रबार, १७ असोज २०७६, १३ : २५
बुटवल । बुटवलमा आज दुई छट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल–१२ नयाँगाउँमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा बुटवल गोलपार्कका गणेश अधिकारीको मृत्यु भएको छ ।
गम्भीर घाइते अधिकारीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्टिलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले जानकारी दिएका छन् ।
यस्तै बुटवल–१० रामनगरमा लु ४४ प ७६५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेको अन्दाजी ५५ वर्षिया पुरूषको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुनेको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण